बिहिबार, माघ १३, २०७८

भीषण वर्षाले क्षति

३१ असार २०७३, शुक्रबार १५:१३

दुनै (डोल्पा), ३१ असार । बिहीबार राति परेको भीषण वर्षाले डोल्पाका विभिन्न स्थानमा भौतिक क्षति पुर्‍याएको छ ।

वर्षाले त्रिपुराकोट गाविसमा पर्ने १०० मिटरभन्दा धेरै सिँचाइ कुलो पुरिएको स्थानीयवासी लवचन्द्र रोकायले बताए ।

त्रिपुराकोटका दर्जनौं घरमा बाढी पसेर क्षति पुर्‍याएको र घरका आलु र खुर्सानी लगाइएका खेतसमेत पुरिएको उनले बताए ।

‘‘वर्षाको समय सुरु भएपछि कतिखेर बस्ती नै बाढीले बगाउने भन्ने त्रास हुन्छ’’ स्थानीयवासी पार्वती न्यौपानेले भने ।

त्रिपुराकोट बस्ती भिरालो पाखोमा टाँसिएकाले दुई घन्टाभन्दा बढी समय भीषण वर्षा भएपछि ६० भन्दा धेरै घर पहिरोको जोखिममा भएकाले समयमै तटबन्धनका लागि स्थानीयवासीले सम्बन्धित निकायमा माग गरेका छन् ।

वर्षात्ले डोल्पाका पहाडा, जुफाल, रह, काइगाउँलगायतका दर्जनौं गाविसका अन्नबाली लगाइएका खेतसमेत चिराचिरा पारेर क्षति पुर्‍याएको छ भने अधिकांश सिँचाइ कुलो तथा खानेपानी मुहान अवरुद्ध भएको बताइएको छ ।

वर्षातले विभिन्न ठाउँमा पहिरो खसेर बाटाघाटा समेत अवरुद्ध भएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share