बिहिबार, माघ १३, २०७८

भाषा, संस्कृति जोगाउन एकीकृत बसोबास माग

३० जेष्ठ २०७३, आईतवार ११:१८

दाङ, ३० जेठ । लोपोन्मुख कुसुन्डाले जातिगत विकासका लागि एकीकृत बसोबासको माग गरेका छन् ।

सदरमुकाम घोराहीमा शनिबारदेखि सुरु भएको नेपाल कुसुन्डा विकास समाजको दोस्रो केन्द्रीय अधिवेशनमा सहभागीले कुसुन्डाको भाषा, संस्कृति र वेशभूषा संरक्षणका लागि एकीकृत बसोबास अनिवार्य भएको बताएका हुन् ।
कुसुन्डा विकास समाज नेपालका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले गैरकुसुन्डासँगको हेलमेलले लोप हुनै लागेको मातृभाषा संरक्षण गर्न नसकिने जनाउँदै कम्तीमा एउटा जिल्लाका कुसुन्डा एकै ठाउँमा बस्ने व्यवस्था सरकारले गर्नुपर्ने माग गरे । घरपरिवारमा पनि आफूले बल्लतल्ल मातृभाषा सिकेको उल्लेख गर्दै उनले भाषा अभ्यास नहुँदा लोप हुने अवस्थामा पुगेको बताएका हुन् ।
उनका अनुसार अहिले देशभर २७३ जना कुसुन्डा १२/१३ जिल्लामा छरिएर बसेका छन् सबैभन्दा धेरै दाङमा ६८ र प्युठानमा ५० जना रहेको कुसुन्डा समाजले जनाएको छ । तीमध्ये दुईचार जनाले मात्रै मातृभाषा जानेका छन् । देशका सुर्खेत, सल्यान, कपिलवस्तु लगायत जिल्लामा रहेका कुसुन्डाले दाङमा भेला भएर राज्यसँग एकीकृत बसोबास, बालबालिकाको उच्च तहसम्म निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share