मङ्लबार, असार २१, २०७९

भालुको आक्रमणबाट महिला गम्भीर घाइते

३२ जेष्ठ २०७३, मंगलवार ११:०९

डोटी, ३२ जेठ ।
डोटीमा भालुको आक्रमणद्वारा सोमबार एक महिला घाइते भएकी छन् । दीपायल सिलगढी नगरपालिका–३ थाप्ला निवासी ३८ वर्षीया धना मलासीलाई भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट उनको आँखामा चोट लागेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट मलासीको घाँटी, नाक र बाँया खुट्टामा पनि चोट लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
सोमबार साँझ ४ बजेतिर घाँस काटेर घर फर्किँदै गरेको अवस्थामा थाप्ला नजिकै एक्लै रहेको अवस्थामा एक्कासि भालुले उनलाई आक्रमण गरेको थियो ।आक्रमण गर्ने बित्तिकै आफूसँग भएको हँसियाले प्रतिकार गर्दा भालु भागेको र उनको ज्यान जोगिएको परिवार स्रोतले जनाएको छ । गम्भीर चोट लागेकाले मलासीलाई आज बिहानै गेटा आँखा अस्पताल धनगढी लगिएको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share