बुधबार, कार्तिक १०, २०७८

भारत भ्रमणका एजेन्डा बनाउन गृहकार्य

२० भाद्र २०७३, सोमबार ०७:३५

काठमाडौं, २० भदौ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा छलफल गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसाग आइतबार ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब दुई घन्टा चलेको बैठकमा उनले कार्यान्वयन गर्न सम्भव भएका विषय मात्रै आफूले भारतीय अधिकारीसाग उठाउने स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्ड ३० भदौदेखि २ असोजसम्म भारतको औपचारिक भ्रमणमा  जाँदै छन् । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री रमेश लेखक, पर्यटनमन्त्री जीवनबहादुर शाहीललगायत ‘ब्रिफिङ’मा सहभागी थिए ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

मन्त्रालयका सचिव तथा भारत भ्रमणको एजेन्डामा समन्वय गरिरहेका सहसचिवले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसाग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे ‘ब्रिफिङ’ गरेका थिए ।

माथिल्लो कर्णाली र अरुण तेस्रोबारे प्रधानमन्त्रीलाई जानकारी

प्रधानमन्त्री प्रचण्डलाई माथिल्लो कर्णाली, अरुण तेस्रोसहित भारतीय कम्पनीले निर्माण गर्ने जलविद्युत् आयोजनाको अवस्थाबारे सम्बद्ध मन्त्रालयका अधिकारीले ‘ब्रिफिङ’ गरेका थिए ।

उनीहरूले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यताबारे पूर्ववत् सहमति, प्रचण्ड अघिल्लो पटक प्रधानमन्त्री हुादा भारतले वचन दिएको नौमुरे जलविद्युत् योजना निर्माणबारेमा चर्चा गरेका थिए । नेपालको आन्तरिक पानी बााडफााडको विवाद तथा भारतीय अरुचिसमेतका कारण निर्माण नभएको सो आयोजनाको विकल्प खोज्नुपर्ने सुझाब सम्बद्ध अधिकारीले दिएका छन् ।

पञ्चेश्वर परियोजनाको डिपीआरमा सहमति जुटाउन सुझाब

लामो समयदेखि अड्किएको पञ्चेश्वर परियोजनाको डिपिआरमा सहमति गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो । प्रस्तावित बााध सार्नुपर्ने प्रस्ताव नेपालले लैजानुपर्ने सुझाब दिइएको छ ।

बैठकमा नेपाल–भारत दुईदेशीय प्रसारण लाइन निर्माणको अवस्था, पूर्व–पश्चिम हुलाकी राजमार्गको अवस्थाबारे ब्रिफिङ भएको थियो । सम्बद्ध अधिकारीले सीमावर्ती क्षेत्रमा भारतले बनाएको बााधबाट सिर्जित समस्या समाधानका पहल गर्नुपर्ने सुझाब दिएका थिए ।

नेपाल र भारतका प्राविधिकहरूको संयुक्त टिम बनाएर उनीहरूको प्रतिवेदनका आधारमा समस्या समाधानमा जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीको भ्रमणमा हुनुपर्ने ती अधिकारीको ब्रिफिङ थियो ।

यसैगरी, भूकम्पपीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन र थप सहयोगबारे बैठकमा चर्चा भएको थियो । सरकारले भारतसाग प्रतिपरिवार एक लाखका दरले थप सहयोग माग्न लागेकोमा उसको ‘मुड’का आधारमा मात्रै यो प्रस्ताव लैजानुपर्ने सुझाब पेस भएको छ । भारतको सहयोगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माणमा तीव्रता दिने विषयमा पनि सम्बद्ध अधिकारीले ब्रिफिङ गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share