मङ्लबार, असार २१, २०७९

भारत जान लागेका विद्यार्थीलाई नाकाबाट फर्काइयो

७ असार २०७३, मंगलवार १४:५२

जाजरकोट, ७ असार ।

घरबाट भागेर भारत जान लागेका जाजरकोट मजकोटका ६ जना स्कुले विद्यार्थीलाई प्रहरीले नेपाल भारत सीमानाका रूपैडिहाबाट फिर्ता गरेको छ । मजकोट ९ घर भएका ६ जनाकै उमेर १५ वर्ष मुनि रहेको छ । आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रमेश रावत, महेश खड्का र भविन्द्र रावत, सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत कमल रावत, प्रेम नेपाली र कर्णवीर रावतलाई प्रहरीले सीमाबाट सोमवार फर्काएको हो ।

DSC01681घरमा खाने अन्न नभएको र कापी कलम किन्ने पैसा नभएपछि कमाइ गर्न भन्दै भारत जान थालेको १५ वर्षीय प्रेम नेपालीले बताए । उनले भने, ‘केही दिनमै एक महिने वर्षे बिदा हुने भएकोले पढाइ नहुने र घरमा खानको पनि समस्या भएपछि बाध्य भएर भारत जान लागेका थियौं ।’

‘गाउँका धेरै मानिस कमाइ गर्न भारत जाने गरेको र साथीहरुले जाउँ भनेपछि कस्तो हुँदो रहेछ भनेर घरपरिवारलाई थाहै नदिएर जान थालेका थियौं तर प्रहरीले फर्काइदियो’ १३ वर्षीय रमेश रावतले भने । घरमा सोध्यो भने जान नदेलान भनेर भागेर गएका थियौं तर जान पाएनौं, जाजरकोट छेडामा भेटिएका रावतले भने । उमेर सानै भन्दै प्रहरीले फिर्ता गरेको उनले सुनाए ।

जाजरकोटबाट रोजगारीको खोजीमा दैनिक भारत जानेको संख्या एकिन नभए पनि ठूलो संख्यामा जाने गरेको स्थानीयको भनाइ छ । त्यसको प्रभाव स्कुले विद्यार्थीमा समेत परेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share