शुक्रबार, असार १७, २०७९

भारतीय नागरिकको शव फेला

३१ जेष्ठ २०७३, सोमबार १०:१८

कञ्चनपुर, ३१ जेठ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा आज एक जना भारतीय नागरिकको शव फेला परेको छ । भारतको उत्तर प्रदेशको कमलापुरी कलौनी बस्ने ७५ वर्षीय रामविलासको शव प्रहरीले उखु बारीमा फेला पारेको हो ।

“साइकलसहित उखु बारीमा शव फेला पारेका छौँ” इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले भने । शवको अनुसन्धानको कार्य भइरहेकाले मृत्युको कारणबारे अहिलेनै भन्न नसकिने उनले बताए । भारतमा रहेका उनका आफन्तलाई खबर गरिएकाले आए पछि घटनाबारे थप जानकारी हुने उनको भनाइ रहेको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share