भारतको कोलकता बन्दरगाहमा सयौं कन्टेनर रोकिए
२२ कार्तिक २०७३, सोमबार ०६:५८काठमाडौ, २२ कात्तिक । भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् । जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म् बजार क्षेत्र हुँदै निकाल्न नदिएपछि कन्टेनरहरु अलपत्र परेका हुन् ।
पटकपटकको अवरोधबाट ठूलो नोक्सानी बेहोरेका नेपाली आयातकर्तामार्फत अहिले फेरि मारमा परेका छन् ।
विभिन्न देशबाट आयात गरिएका बस्तुहरु कोलकतामै अलपत्र परेपछि व्यवसायीहरुले यस वर्ष ठूलो क्षति बेहोर्नेु परर्ने देखिएको छ । गत वर्ष भारतको नाकाबन्दीले पनि यस्तै समसया देखिएको थियो ।
वीरगञ्जको सुख्ख बन्दरगाहसम्म रेलमार्फत आउने मालवाहक कन्टेनर खाली गरेर समयमा पु¥याउन नसक्दा विलम्ब शूल्क तिर्न व्यवसायी बाध्य भएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
flash news 1close