सोमवार, असार १३, २०७९

‘ब्रेक्जिट’ बारे जनमत सङ्ग्रह ईयूका लागि खतराको सङ्केट : टस्क

७ असार २०७३, मंगलवार ०८:००

लिसबन (पोर्चुगल), ७ असार । युरोपियन युनियन (ईयू) प्रमुख डोनाल्ड टस्कले सोमबार बेलायतको नजिकिँदै गरेको बेलायत ईयूमा रहने वा नरहने विषयमा हुने मतदान ईयू र बाँकी राष्ट्रका लागि एउटा खतराको सङ्केटका रुपमा देखा परेको बताएका छन् ।

बेलायती नागरिकले ईयूमा रहने वा नरहने कुनै पक्षमा मतदानको नतिजा निकाले पनि हामीले युनियनको भाविष्यमाथि देखापरेको सङ्कटलाई विशेष महत्वका साथ हेर्नुपर्छ, टस्कले ट्वीट गरेका छन् ।

आगामी तीन दिनमा हुने निर्वाचनले जनमत सङ्ग्रहले बेलायतलाई ध्रुवीकरण गरेको र यसको बहस अन्य ईयू समूह राष्ट्रमा समेत भएको बताए ।

ट्वीटमा टस्कले बेलायती नागरिकलाई ईयूमानै रहन आग्रह गर्दै “हामीसँग रहनुस् । हामीसँगसँगै भविष्यमा आउने चूनौतीलाई मुकाबिला गरौँला ।” भनेका छन् । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share