शुक्रबार, कार्तिक ५, २०७८

ब्राजिलद्वारा निजिकरणसम्बन्धी प्रमुख कार्यक्रम घोषणा

२९ भाद्र २०७३, बुधबार १७:५५

रियो डि जानेरो, २९ भदौ । ब्राजिल सरकारले छुट सुविधा र निजिकरणसम्वन्धी ठुला प्याकेज घोषणा गरेको छ ।

मङ्गलबार घोषणा गरिएका ३२ ओटा महत्वपूर्ण प्याकजेमा विमानस्थल, अन्तरप्रदेशीय राजमार्ग, बन्दरगाहा, खानेपानी र विजुली तथा पेट्रोलियम पदार्थसम्वन्धी कार्यक्रम समेटिएका छन् ।

घोषणा गरिएका उक्त कार्यक्रममार्फत् २४ अर्ब ब्राजिलियन रियाल बढाउने ब्राजिल सरकारको लक्ष्य छ ।

खनिज तथा ऊर्जामन्त्री फेर्नान्डो कोएलहो फिल्होको तीनवटा जलविद्युत परियोजना निर्माण गराइने र ११ अर्ब रियाल आर्थिक वृद्धि गराउने प्रतिबद्धता जनाएका छन् ।

गत अगस्टमा ब्राजिलको राष्ट्रपतिमा मिचेल टेमर सत्तामा आएपछि पहिलो पटक निजिकरण र छुटसम्वन्धी प्याकेज घोषणा गरिएको हो ।

नयाँ प्याकेजले ब्राजिललाई आर्थिक सम्बृद्धिको बाटोमा लैजाने सरकारले विश्वास लिएको छ । देशको राजनीतिक सङ्कटका कारण एक वर्षदेखि मुलुकको आर्थिक अवस्था सन्तोषजनक छैन । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share