ब्राउनसुगरसहित २ जना पक्राउ
२१ कार्तिक २०७३, आईतवार १७:४२सुर्खेत, २१ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी नायव निरिक्षक ध्रुवराज वोहोरासहितको टोलीले आइतबार दिउँसो ३ बजे वीरेन्द्रनगर–११ औद्योगिक क्षेत्र नजिकैबाट पक्राउ गरेको हो ।
वीरेन्द्रनगर–१० बस्ने १९ वर्षका तेज रानामगर र १८ वर्षका रमेश राना मगरको साथबाट दुई पुरिया र २ सय ६० ग्राम ब्राउनसुगर बरामद गरेको हो । उनीहरुमाथि थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबरइरा संवाददाताclose