शुक्रबार, असार १७, २०७९

बोराभित्र महिलाको शव फेला, हत्या भएको आशङ्का

२१ कार्तिक २०७३, आईतवार १०:१४

भक्तपुर, २१ कात्तिक । मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

बोडेबाट मूलपानीतर्फ जाने मूल सडकबाट खेततर्फ जाने भित्र सडकको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए  ।

मृतक महिलाको टाउकामा चोट देखिएको जानकारी दिँदै उनले हत्या गरेर बोरामा हालेर एकान्त रहेको स्थानमा ल्याएर फ्याँकिदिएको हुन सक्ने आशङ्का रहेको बताए  । मृतक महिला स्थानीय बासिन्दा नभएको र पहिचान पनि नभएको बताउँदै उनले प्रहरी वृत्त थिमि र अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको जानकारी दिए । खेतमा गएर फर्कंदै गरेका स्थानीयवासीले शनिबार साँझ बोराभित्र महिलाको टाउको मात्रै देखिने गरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share