शुक्रबार, असार १७, २०७९

बोदे बसाइनमा इलाका प्रशासन कार्यालय

१६ असार २०७३, बिहीबार ०७:१८

लहान, १६ असार । सप्तरीको पश्चिम दक्षिणी क्षेत्रका दुई दर्जन गाविसका सेवाग्राहीलाई प्रत्यक्ष सेवा पुर्‍याउने उद्देश्यले बुधबार जिल्लाको बोदे बसाइनमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

सो क्षेत्रका सेवाग्राहीको मागअनुसार स्थापना गरिएको इलाका प्रशासन कार्यालयको बुधबार एक कार्यक्रमबीच नेपाली काँग्रेसका सांसद सुरेन्द्रप्रसाद यादवले उद्घाटन गरे ।

स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट जिल्लाका विभिन्न २२ वटा गाविसका सेवाग्राहीले नागरिकता प्रमाणपत्र तथा सिफारिसलगायत प्रदान गर्ने जनाइएको छ । अहिले कार्यालयमा नायब सुब्बा उदयप्रसाद चौधरीको नेतृत्वमा चारजना कर्मचारी खटाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।

सो अवसरमा प्रजिअ गौतमले सप्तरीको बोदे बसाइन गाविसका दीपिकाकुमारी साह र गुलसनकुमार यादवलाई उक्त कार्यालयबाट नागरिकता प्रमाणपत्र प्रदान गरे । इलाका प्रशासन कार्यालय बोदे बसाइनको कार्यालय उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा सद्भावना पार्टीका नेता मृगेन्द्रकुमार सिंह यादवले इलाका प्रशासन कार्यालय स्थापनाका कारण स्थानीयवासी उत्साहित र खुसी भएको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share