बिहिबार, माघ १३, २०७८

बैतडीमा २९ वटा सडक निर्माण हुँदै

४ असार २०७३, शनिबार ०७:२८

बैतडी, ४ असार । बैतडीमा चालु आवमा जिल्ला विकास समितिमार्फत २९ वटा सडक निर्माण भइरहेका छन् ।

ग्रामीण र जिल्लास्तरीय सडक गरी २९ वटा सडकको निर्माण कार्य भइरहेको जिल्ला विकास समितिका योजना शाखाका नायब सुब्बा वीरसिंह महताले जानकारी दिए ।

स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमअन्तर्गत सडक निर्माणको कार्य भइरहेको हो । यी २९ वटा सडकका लागि सुरुमा रु तीन करोड ८० लाख निकासा भएको थियो । पाँच वटा सडकमा रु २५ लाखका दरले थप अनुदान प्राप्त भएको बताइएको छ ।

देहीमाडौँ–दुर्गास्थान, बिप्पेकटाल–ढुङ्गाड, रुद्रेश्वर–डिलाशैनी, खोचलेक–रिमसित्तड–देउलेक र गुरुखोला–कलौन सडकमा रु २५ लाखका दरले थप अनुदान प्राप्त भएको नायब सुब्बा महताले बताए ।

सात वटा सडकमा रु २५ लाखका दरले थप अनुदान आएको बताइए पनि जिविसमा आइनपुगेको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share