शनिबार, माघ ८, २०७८

बैतडीमा पहिरोले एक घर पुरियो

२८ असार २०७३, मंगलवार १०:०९

बैतडी, २८ असार । लगातारको वर्षासँगै आएको पहिरोले बैतडीको ढुङ्गाडमा सोमबार बेलुका एक घर पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार ढुङ्गाड–८ स्थानीय कटे देउकाको घर पुरिएको हो । घरमाथिबाट आएको पहिरो र ढुङ्गाले घर नष्ट गर्दा एक गाई र एक हल गोरु मरेका छन् ।

उनले भने  “घरभित्र रहेको अन्नपात, भाँडाकुँडा र लत्ताकपडा सबै नष्ट भएका छन्” । घटनाबारे थप जानकारी लिनका प्रहरी चौकी गाँजरीबाट म‌गलबार बिहान प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

घर पूर्णरुपमा क्षतिग्रस्त भएको भएपनि घरका मानिस बाहिर भएकाले मानवीय क्षति भने नभएको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share