शनिबार, मंसिर १८, २०७८

बैंक चोरी अभियोगमा छ बङ्गलादेशी आईएस लडाकूलाई मृत्युदण्ड

१९ जेष्ठ २०७३, बुधबार ०७:०४

ढाका, १९ जेठ ।

बङ्गलादेशको राजधानी ढाकास्थित एक अदालतले छ जना इस्लामिक स्टेट (आईएस) समूहका लडाकूलाई गत वर्ष सात जनाको हत्या गरी बैंक लुटेको आरोपमा मङ्गलबार मृत्युदण्ड सुनाएको छ । उक्त घटनामा संलग्न अन्य तीन आईएस लडाकूलाई तीन वर्षदेखि आजीवन काराबासको सजाय तोकेको छ । घटनामा संलग्न रहेको आशङ्का गरिएका दुई जनालाई भने दोषी नपाइएको जनाउँदै रिहाईको आदेश गरिएको छ ।

आईएस समूह समर्थित बङ्गलादेशी जमातुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबी) र अङ्सारुल्लाह बङ्ला समूहलाई आतङ्ककारीको सूचीमा राखी कुनै गतिविधि सञ्चालन गर्न रोक लगाएको छ । प्रहरीले पक्राउ परेका तथा मुद्दामा आरोपित सबै जेएमबी समूहका सदस्य रहेको भए पनि केहीले भने घटनापश्चात असुरुलाह समूहको सदस्यता लिएका बताएको छ ।

असुरुलाह समूहमाथि बङ्गलादेशी अधिकारीले हालै केही स्वतन्त्र बुद्धिजीवी एवम् ब्लगरको हत्या गरेको आरोप लगाइएको छ । मृत्युदण्ड पाउने लडाकूले बैंकमा बम आक्रमणगरी बैंक कर्मचारीलाई हत्या गरेपछि बैंकमा रहेको नगद तथा सुनचाँदी लिएर फरार भएका थिए ।

रासस/एपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share