बुधबार, मंसिर २२, २०७८

बैंकमार्फत रेमिटान्स पठाए घरजग्गा किन्दा छुट

२१ जेष्ठ २०७३, शुक्रबार १४:३१

Money-transfer-remittanceकाठमाडौं, २१ जेठ ।

‘सरकारले वैधानिक रेमिटान्स आप्रवाहलाई बढाउन बैंकमार्फत रेमिटान्स पठाउनेलाई घरजग्गा किन्दा छुट दिने भएको छ । सरकारले बैधानिक च्यानलाट रेमिटान्स पठाउनेलाई घर तथा जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा गरेको हो ।

बैंकमार्फत रेमिटान्स प्राप्त गरेको प्रमाण पेस गरी घरजग्गा किन्दा यस्तो छुट दिने बजेट भाषणमा उल्लेख छ । यसरी बैंकमार्फत रेमिटान्स प्राप्त गरेको प्रमाण पेस गरे सरकारले आहृवान गरेका अन्य परियोजनामा समेत लगानीका लागि प्रत्साहन गर्ने बताएको छ ।

हुण्डी तथा अन्य गैरकानूनी कारोबारलाई निरुत्साहित गर्न सरकारले रजिस्ट्रेसन शुल्कमा छुट दिने घोषण गरेको हो ।

विभिन्न अध्ययनहरुका अनुसार हाल नेपाल भित्रने रेमिट्यान्सको करिब ६० प्रतिशतमात्रै बैंकिङ प्रणालीबाट आउने गरेको छ । ४० प्रतिशत हुन्डी वा अन्य गैरकानूनी माध्यमबाट भित्रने गरेको अध्ययनले देखाएको छ ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ खर्ब २७ अर्ब ३७ करोड रुपैयाँ रेमिटान्स आएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share