शुक्रबार, असार १७, २०७९

बेलायतमा युरोपेली संघ छोड्नुपर्ने पक्षमा मतदान

१० असार २०७३, शुक्रबार १४:५२

लन्डन, १० असार ।

बेलायतीहरुले युरोपेली संघ (इयु) को सदस्य राष्ट्रका रुपमा नरहने पक्षमा मतदान गरेको देखिएको छ ।

इयुको सदस्यका रुपमा बस्ने वा निस्किने भन्ने विषयमा बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको प्रारम्भिक नतिजाबाट यस्तो अवस्था देखिएको हो ।

ईयुबाट बाहिरिने पक्षमा मतदान भएको देखिएको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ । प्रारम्भिक नतिजाबाट गरिएको अनुमानमा करिब ५२ प्रतिशत नागरिकले नै इयुबाट निस्किनुपर्ने पक्षमा मतदान गरेको देखिएको बताइएको छ ।

इयुबाट बाहिरिने पक्षमा ५२ प्रतिशत मतदान भएको छ । त्यसैगरी ईयुमै आवद्ध भएर बस्नु पर्छ भन्नेमा ४८ प्रतिशत मतदान भएको बताइएको छ तर यो अन्तिम नतिजा भने होइन– प्राप्त समाचारमा जनाइएको छ ।

शुक्रबार यो परिणाम आएपछि अमेरिकी डलरको तुलनामा पाउण्डको मूल्य ३१ बर्ष अर्थात सन् १९८५ यताको नै तल्लो बिन्दुमा आएको छ ।

लण्डन र स्कटल्याण्डमा इयुमा रहने पक्षमा मतदान भएको छ भने उत्तरी ब्रिटेनमा इयुमा रहनपर्ने पक्षमा कम मात्र मतदान भएको देखिएको छ ।

अहिलेसम्ममा ३८२ मतदान केन्द्रमध्ये ३७४ को मत गणना सम्पन्न भएको छ । त्यसैले यो मतगणनाको प्रारम्भिक स्वरुप हेर्दा पनि बेलायतले इयुमा रहने पक्षमा परिणाम आउन गाह्रो देखिएएको छ ।

हालसम्म भएको मतगणनामा १ करोड ६८ लाख मत इयुमा नरहने पक्षमा र १ करोड ५७ लाख मत पक्षमा परेको मतदान अधिकारीहरुले जानकारी दिएका छन् ।

बिबिसीका अनुसार इयुमा रहने पक्षमा विजय प्राप्त हुन असम्भवप्राय रहेको छ । बिहीबार बिहान ७ बजेदेखि राति १० बजेसम्म सो मतदान भएको थियो ।

मतदान सकिएको केही क्षणमा नै मतगणना सुरु भएको थियो । युके इन्डिपेन्डस् (युकेआइपी) पार्टीका नेता नाइजल फराजले यस परिणामको स्वागतगर्दै यस परिणामलाई ब्रिटेनको स्वतन्त्रताको दिनको संज्ञा दिएका छन् ।

प्ररम्भिक निर्वाचन सर्वेक्षणहरुले भने बेलायत युरोपेली युनियनमा बस्नुपर्ने भन्ने विषयको मत बढी देखिएको बताएका थिए । तर पछि भने परिणाम त्यस्तो आएन ।

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन पनि बस्नुपर्ने पक्षमा नै छन् । उनले बेलायतले युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि बढी राम्रो हुने बताएका थिए ।

उनले बुधबार दिनुभएको यस्तै भावुक अभिव्यक्तिमा सो धारणा राखेका थिए । बेलायतका लागि यदि इयु छोड्ने हो भने उसका सामु आर्थिक मन्दीको समस्या पनि आउन सक्ने उनको धारणा थियो ।

यस जनमत सङ्ग्रहको अन्तिम नतिजा आउन र यसको औपचारिक घोषण हुन भने बाँकी नै रहेको छ । केही क्षणमा नै अन्तिम नतिजा घोषणा गरिने बताइएको छ ।

रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share