शनिबार, माघ ८, २०७८

बेलायतका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गरिने

३१ असार २०७३, शुक्रबार ०७:२७

लण्डन, ३१ असार । बेलायतका नयाँ प्रधानमन्त्री टेरेसा मेले बिहीबार अबेरसम्म मन्त्रीमण्डल विस्तार गरिने  बताएको छ ।

बेलायतले युरोपेली सङ्घ छोडेसँगै अब देशले विश्वमा नयाँ भूमिका खेल्ने प्रतिबद्धतासहित उनले नयाँ प्रधानमन्त्रीको पदभार सम्भालेकी छिन् ।

उनान्साठी वर्षीया मे बेलायती ‘आइरन लेडी’ मार्गरेट थ्याचरपछि लेवर पार्टीकै तर्फबाट बेलायत सरकारको नेतृत्व गर्दै छिन् ।

उनी बेलायतको इतिहासमा दोस्रो महिला प्रधानमन्त्री भएकी हुन् । उनले आफ्नो मन्त्रीमण्डलमा लण्डनका पूर्व मेयर बोरिस जोनसनलाई विदेशमन्त्रीमा नियुक्ति गरेकाे समाचार छ ।

युरोपेली सङ्घ छोड्नुपर्ने अभियानका एक प्रमुख अभियानकर्ता बोरिसलाई विदेशमन्त्रीमा नियुक्ति पाएको समाचारले सवै आश्चर्यचकित भएका छन् ।  रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share