बुधबार, मंसिर २२, २०७८

बेपत्ता महिला मृत फेला

८ जेष्ठ २०७३, शनिबार ०९:३०

बैतडी, ८ जेठ ।
बाढीले बगाएर बेपत्ता भएकी एक महिला सात दिनपछि शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला पर्नेमा सुनकुडा–३ उडिकी ३० वर्षकी झिमा ढांट रहेकी जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । ढांटको शव बैतडी जिल्लाको थलाकाँडा गाविस नजिकै सेती नदीको किनारमा फेला पारेकोे प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । मृतक ढांट गत शनिबार साँझ घट्ट गएको बेला कोलापानी खोलामा एक्कासि आएको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share