बिहिबार, माघ १३, २०७८

बेपत्ता बालक अठार दिनपछि फेला

२२ असार २०७३, बुधबार ०८:०१

डोटी, २२ असार । डोटीको लडागडा गाविस–९ का एक बालक हराएको १८ दिनपछि कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा फेला परेका छन् ।

करिब १८ दिनअगाडि परिवारको सम्पर्कबाट बेपत्ता भएका बालक अत्तरियाको एक होटलमा मंगलबार फेला परेको बालकका बुबा पदमबहादुर साउदले राससलाई जानकारी दिए ।

लडागडाको सुनादेवी उच्च माविमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालक हर्कबहादुर साउद विद्यालय पोसाकमा नै बेपत्ता भएका थिए । किन र कसरी घरबाट छोरा कैलालीको अत्तरिया होटेलमा पुगे भन्ने विषयमा आफू अनभिज्ञ रहेको बालकका बुबा पदमबहादुर साउदले बताए ।

छोरा हराएको भनी चिन्तित बनेका साउदका परिवारले हर्कलाई खोज्न भरपुर मिहेनत गरे तापनि सफल नभएपछि समस्यामा परेका थिए । अत्तरियामा बसोबास गर्दै आएका पदमका भाइ पदम बोहराले हर्क हराएको सुनेका थिए । एक्कासि अत्तरियाको एक होटेलमा मङ्गलबार बिहान हर्कलाई भेटेपछि पदमले बालकका घरपरिवारलाई खबर गरेका थिए ।

दीपायलबाट कैलालीका लागि छुट्ने सवारीका साधनबाट आफू अत्तरिया पुगेको बालक हर्कले बताएका छन् । पछिल्लो समयमा सुदूरपश्चिममा बालक बेपत्ता हुने क्रम बढेको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share