शुक्रबार, कार्तिक ५, २०७८

बेदकोटमा मदिरा आचारसंहिता

२२ भाद्र २०७३, बुधबार ११:५७

कञ्चनपुर, २२ भदौ । कञ्चनपुरको बेदकोट नगरपालिकामा मदिरा आचारसंहिता जारी गरिएको छ । नगरपालिका, इलाका प्रहरी कार्यालय, झलारी र बेदकोट उद्योग वाणिज्य सङ्घको सहकार्यमा निर्माण गरिएको आचारसंहिता जारी गरिएको हो ।

आचारसंहितामा दिउँसो ३ देखि राति ८ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने भएको छ । किराना र खुद्रा पसलमा मदिराको कारोबार गर्न नपाइने, खाना खुवाउने कक्षमा मदिरा राख्न नपाइने, पसलमा मदिरा सजाएर राख्न नपाइने, मदिराको अवैध कारोबार गर्ने र मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने व्यक्तिलाई राजनीतिक हस्तक्षेप गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको इप्रका झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।

बरामद मदिराको कुल मूल्यको ५० प्रतिशत रकम स्वास्थ्य र सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने र चुरे क्षेत्रमा मदिरा बेचबिखन गर्नका लागि इजाजत दिन नहुने आचारसंहितामा उल्लेख गरिएको छ ।

मदिराका कारण बजार क्षेत्रमा चोरी, झैझगडालगायत कार्यमा बढोत्तरी हुन थालेपछि मदिरा आचारसंहिता जारी गरिएको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share