शनिबार, माघ ८, २०७८

बृहत शैक्षिक मेला सुरु

२८ जेष्ठ २०७३, शुक्रबार १३:५२

काठमाडौं, २८ जेठ । नेपाल शैक्षिक परार्श संघ (ई–क्यान) को आयोजनामा शुक्रबारदेखि बृहत शैक्षिक मेला सुरु हुदैछ । काठमाडौको भृकुटीमण्डपमा हुने मेलामा परामर्शदाता संस्थाहरुको २ सय ५० स्टल रहने बताइएको छ ।
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त गर्ने योग्यताका भावी सम्भावना र अवसरहरुबारे परामर्श दिन मेला आयोजना गरिएको ई–क्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । व्यवसाय प्रवद्र्धन तथा सरोकारवाला अभिभावक र विधार्थीलाई सूचित गराउनु मेलाको मुख्य उद्देश्य रहेको छ ।
विगतका मेलामा विदेशी शिक्षण संस्थाहरुले सिधै स्टल राख्ने गरेका थिए तर यसपाली भने ई–क्यानका सदस्यमार्फत् मात्रै स्टल राख्न पाउने नयाा व्यवस्था गरिएको छ । मेलामा अस्ट्रेलियाका १८ वटा, न्युजिल्यान्डको ८ वटा शैक्षिक संस्थाका स्टल रहनेछन् । त्यस्तै जापान र भारतका शैक्षिक संस्थाहरुको स्टल पनि रहने ई–क्यानले जनाएको छ । मेला सोमबारसम्म चल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share