सोमवार, असार १३, २०७९

बीस हजार बालबालिकालाई पूर्ण खोप

१८ असार २०७३, शनिबार ०८:११

सुरुङ्गा (झापा), १८ असार । झापाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन् ।

सन् २०१७ सम्ममा नेपालका सबै बालबालिकालाई पूर्ण दिइने अभियानअन्तर्गत झापाका २० हजार बालबालिकाले पूर्ण खोप लगाइसकेको पौडेलले बताए ।

झापाका अहिले शनिअर्जुन र शिवसताक्षी गरी दुई नगरपालिकासहित छ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएका छन् ।

पूर्ण खोपयुक्त गाविस धाइजन, शान्तिनगर, हल्दिवारी, बुधबारे, डाँगीबारी र गोलधाप रहेका छन् । दुवागढी गाविससहित विर्तामोड र गौरादह नगरपालिका पनि पूर्ण खोपयुक्त नगर घोषणाको तयारीमा रहेको खोप अधिकृत पौडेलले बताए ।

दुवागढी गाविस आज पूर्ण खोपयुक्त गाविस घोषणा हुँदैछ भने विर्तामोड २१ गते र गौरादह २२ गते पूर्ण खोपयुक्त नगर घोषणाको तयारी भइरहेको खोप अधिकृत पौडेलको भनाइ छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share