आइतवार, अशोज ३१, २०७८

बीरविक्रमको सीड्नीमा प्रीमीयर

१९ भाद्र २०७३, आईतवार ०८:५०

अष्ट्रेलिया, १९ भदौ । नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नायक दयाहाङ राई आफ्नो पछिल्लो चलचित्र बीर विक्रमको लागि १५ सेप्टेम्बर २०१६ मा अष्ट्रेलिया आउदैछन् । त्यस लगत्तै १६ सेप्टेम्बर शुक्रबार साँझ ६ बजे दयाहाङ्ग राई सँगै रेड कार्पेट प्रिमियर शो सुरु हुने छ ।

birजर्ज स्ट्रिट, टाउन हलको ईभेन्ट सिनेमा मा हुने उक्त सो कार्यक्रममा उल्लेख्य नेपाली दर्शकहरुको सहभीगिता हुने जनाइएको छ। चलचित्र प्रदर्शनमा लागेका गोविन्द भण्डारीले चलचित्रलाई दर्शकहरुले मनपराउने कुरामा विश्वस्त रहेको बताए।

भण्डारीका अनुसार १७ सेप्टेम्बरमा ईभेन्ट सिनेमा बरहुड, १८ सेप्टेम्बरमा ईभेन्ट सिनेमा हर्सभिल मा साँझ ६ बजेबाट सुरु हुनेछ । चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र बीर विक्रममा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन लगायतको मुख्य भूमिका रहेको छ।

ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी, रहेको चलचित्रको राम कुमार केसीले छायांकन गरेका हुन्। चलचित्रलाई यम थापाले लेखेका हुन् भने सो चलचत्रलाई मिलन चाम्सले निर्देशन गरेका छन्।

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share