शुक्रबार, असार १७, २०७९

बिचमै व्यायाम छोड्दा शरीरलाई के असर गर्छ ?

१८ कार्तिक २०७३, बिहीबार ०९:२४

18714418961477506361253

एजेन्सी – नियमित व्यायामले शरीरलाई धेरै फाइदा गर्छ । तर व्यायाम नियमित र एकै दिन बढी गर्दा भने शरीरलाई हानी हुनसक्छ । व्यायाम छाडेको दुई सातापछि शरीर पनि पहिलेकै अवस्थामा आउछ । व्यायाम गरेको १० दिनमा मानिसको दिमाग परिवर्तन हुन सक्छ । व्यायायमले दिमागका लागि निकै राम्रो हुने अनुसन्धानकर्ताहरुले बताउदै आएका छन् । सन् २०१३ मा गरिएको एउटा समिक्षामा पनि व्यायायमले स्मरणशक्ति लगायत बुढ्यौलीसँग सम्बन्धित विभिन्न रोगबाट मुक्त गर्ने देखाएको थियो । तर हालै गरिएका अध्ययनले व्यायाम बिचमै छाड्दा दिमागमा प्रतिकुल असर गर्ने देआएको छ ।

त्यसैले व्यायाम नियमित गर्नुपर्छ । लामो समयदेखि दौडिन सुरु गरेका व्यक्तिहरुको एउटा समूहलाई १० दिन ब्रेक गर्न लगाइएको थियो । १० दिनपछि उनीहरुको एमआरआई गर्दा दिमागको हिपोक्याम्पसमा रगतको पवबाहमा कटौती भएको देखिएको थियो । हिपोक्याप्स स्मरण र आवेगसँग सम्बन्धित छ । व्यायाम छाडेको दुई सातापछि सहनशिलता घट्छ । दुई साताको अन्तरालपछि तपाईलाई भ¥याङ उक्लदा वा ओर्लदा स्फूर्ती हराउछ । शरीरलाई आवश्यक पर्ने अक्सिजन (भोलुम अफ अक्सिजन) को मात्रा घट्छ । दुई सातापछि अक्सिजनको मात्रा १० प्रतिशतले घट्ने अध्ययनले देखाएको छ । अमेरिकाकामा खेलसँग सम्बन्धित चिकित्सक फारह हमिदका अनुसार व्यायाम छाडेको चार सातापछि दिमागमा अक्सिजको मात्रा १५ प्रतिशतले घट्छ । तीन महिनासम्म व्यायाम नगर्दा २० प्रतिशतले अक्सिजनको मात्रा घट्छ ।

सन् २००९ मा गरिएको एक अध्ययनमा व्यायामबाट ५ साता ब्रेक लिने मानिसको दिमागमा ११ दशमलब ३ प्रतिशतले अक्सिज र रगत प्रवाह घट्छ । विज्ञहरुका अनुसार व्यायाम रोकेको चार सातापछि शरीरको शक्ति पनि क्षीण हुन्छ । शरीरका कोषहरु विस्तारै कमजोर हुदै जान्छन् । सन् २०११ मा गरिएको एक अध्ययन अनुसार एउटा समूहले चार साता व्यायम गर्न रोक्दा गुमेको शक्ति (स्टामिना) प्राप्त गर्न २४ साता लागेको थियो । विज्ञहरुका अनुसार ८ साताको व्यायाममा ब्रेकपछि मानिसको शरीरमा पनि परिवर्तन हुन्छ । मानिस मोाटो हुन थाल्छ । यस्तो परिवर्तन ऐनामा हेर्ने वित्तिकै थाहा हुन्छ ।

सन् २०१२ मा गरिएको एक अध्ययनमा पाँच साता व्यायाम रोक्ने मानिसको शरीरमा १२ प्रतिशत फ्याट बढेको पाईएको थियो  । सन् २०१६ मा गरिएको अर्को एक अध्ययनमा आठ साता व्यायायम ब्रेक लिने तेक्वान्दो खेलाडीको शरीरमा मांशपेशी ह्वात्तै घटेको थियो । यसैगरी व्यायाम रोक्दा रक्तचाप र ग्लुकोजको मात्रा बृद्धि हुन्छ भने शारीरिक र मानसिक स्फूर्ति पनि घट्छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share