शनिबार, माघ ८, २०७८

बाह्रसयभन्दा बढी उजुरी दर्ता

९ असार २०७३, बिहीबार ११:१२

गुलरिया (बर्दिया), ९ असार । बर्दियामा जनयुद्धका बेला राज्य र तत्कालीन विद्रोही पक्षबाट पीडित भएकाले एक महिनाभित्र एक हजार दुई सयभन्दा बढी उजुरी दर्ता गराएका छन् ।

पीडित भएकाले स्थानीय शान्ति समितिको कार्यालय र सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत उजुरी दर्ता गराएका हुन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा एक हजार र बेपत्ता पारिएका २५५ व्यक्तिको छानबिन आयोगका उजुरी दर्ता भएको स्थानीय शान्ति समितिको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका विभिन्न गाविस र नगरका स्थानीय शान्ति समितिमार्फत उजुरी आएका हुन् । स्थानीय शान्ति समितिको तथ्याङ्कअनुसार द्वन्द्वका बेला २५७ जना नागरिकको मृत्यु भएको थियो ।

त्यसैगरी, बेपत्ता २५५ र अन्य विस्थापित भएका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share