सोमवार, मंसिर २०, २०७८

बाल यौन दुराचारको आरोपमा पक्राउ

२४ जेष्ठ २०७३, सोमबार १४:१६

रत्ननगर (चितवन), २४ जेठ ।

चितवन प्रहरीले बाल यौन दुराचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पश्चिम चितवनको नारायणी नगरपालिका–१० मा बस्ने ५३ वर्षीया हिमलाल सुनारलाई यौन दुराचारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नजिकै गाउँमा रहेको केराघारीमा लगेर १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्न लगाई दुराचार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यही जेठ २२ गते पीडितका आफन्तले प्रहरीलाई किटानी जाहेरी दिएपछि उनलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको हो । पीडितका परिवारले निज हिमलालले दुई महिनादेखि पैसाको प्रलोभन र डर त्रास देखाएर पटकपटक जबर्जस्ती गरेको भनी किटानी जाहेरी दिएका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share