बिहिबार, माघ १३, २०७८

बालिका बलात्कारको आरोपमा तीन पक्राउ

२७ असार २०७३, सोमबार १४:५८

बैतडी, २७ असार । बालिका बलात्कारको आरोपमा प्रहरीले बझाङमा तीन युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–६ मैनाका २२ वर्षीय झलक बोहरा, २३ वर्षीय हिमाल धामी र २१ वर्षीय अमृत रोकाया रहेका छन् ।

तीनै जनाले स्थानीयवासी १४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै आइतबार पक्राउ गरेको हो । उनीहरुले गत हप्ताको शुक्रबार राति घरमै गएर बालिकालाई बलात्कार गरेको प्रहरीको बताएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्घ जबर्जस्ती करणी मुद्दा दायर गरी थप अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share