मङ्लबार, कार्तिक ९, २०७८

बालिकाको शव फेला

१९ भाद्र २०७३, आईतवार १३:०४

बैतडी, १९ भदौ । चितुवाको आक्रमणमा परी शनिबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव आज फेला परेको छ ।

उदयदेव–२ कफाडीका हिरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले शनिबार आक्रमण गरी लगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बालिकाको शव घरदेखि करिब ८०० मि को दूरीमा रहेको रत्याल खोलामा टाउको र शरीर अलग भएको अवस्थामा फेला परेको बताए । चितुवाले आक्रमण गरेलगत्तै स्थानीयवासी र प्रहरीको टोलीले बालिकाको खोजी गरेको थियो ।

यसअघि यही भदौ ४ गते उदयदेव–९ मकैल ब्याल्धमका हिरा चन्दकी सात वर्षीया छोरी चञ्चलाको चितुवाको आक्रमणवाट ज्यान गएको थियो । यस घटनासँगै तल्लोसोराडमा नरभक्षी चितुवाको आक्रमणबाट केही समययता २२ जनाको ज्यान गइसकेको छ । चितुवाले बस्ती पसेर मानिसलाई आक्रमण गरी ज्यान लिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share