शुक्रबार, कार्तिक ५, २०७८

‘बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याइयो’

२५ भाद्र २०७३, शनिबार १३:५३

चितवन २५ भदौ । जिल्ला शिक्षा कार्यालयले उमेर पुगेर विद्यालय भर्ना नभएका बालबालिकाको खोजी अभियान सञ्चालन गरेर उनीहरुलाई विद्यालयको पहँुँचमा पु¥याएको छ ।

कार्यालयले गत वैशाखदेखि यही भदौसम्म विशेष अभियान सञ्चालन गरेर विधालय भर्ना नभएका बालबालिकालाई प्रोत्साहनसहित विद्यालय पठाएको हो ।

जिशिअ दामोदर आचार्यले गाउँगाउँमा शिक्षा कार्यालयको टोली परिचान गरी खोजी अभियान चलाएर उनीहरुलाई विद्यालयको पहुँचमा पु¥याइएको बताए ।

जिल्लामा रहेका १३ वटा स्रोतकेन्द्रलाई परिचालन गरेर खोजी गरिएको थियो । कार्यालयको तथ्याङ्कमा जिल्लामा विद्यालय जाने उमेर पुगेका शुन्य दशमलव पाँच प्रतिशत बालबालिका विद्यालय बाहिर छन् ।

अघिल्लो वर्ष ५६ जना बालबालिका विद्यालय बाहिर रहेको पाइएकाले यो वर्ष कति विद्यालय गए÷गएनन् अध्ययन गर्दा २७ जना फेला परेका जिशिअ आचार्यले जानकारी दिए ।

उनीहरुलाई चाहिने कापी, कलम, किताब तथा पोशाक शिक्षा कार्यालयले नै उपलब्ध गराएर स्कुल पठाइएको हो ।

शैक्षिक गुणस्तर शाखाका अधिकृत हेमचन्द्र पौडेलले बीचैमा विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढी रहेकाले उनीहरुलाई खाजा कार्यक्रममा सहभागी गराएर विद्यालयमा आकर्षित गराइएको बताए  । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share