शनिबार, मंसिर १८, २०७८

बालबालिकाको अवस्थाप्रति महासचिव बान चिन्तित

२२ जेष्ठ २०७३, शनिबार १८:०४

संयुक्त राष्ट्रसंघ, २२ जेठ । विश्वका हिंसात्मक द्वन्द्व कायम रहेका देशहरुमा बालबालिकाको अवस्था अत्यन्तै नाजुक बन्दै गएकोमा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले दुःख व्यक्त गरेका छन् ।
हिंसात्मक द्वन्द्व जारी रहेका देशहरु अफगानिस्तान, इराक, सोमालिया, दक्षिण सुडान, सिरिया र यमनमा कैयाँ वर्षदेखि हिंसा जारी रहेको छ ।
सो हिंसाका कारण अन्य नागरिकहरुका साथसाथै बालबालिकाको अवस्था निकै कमजोर हुदै गएको छ ।
बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघको सन् २०१५ को प्रतिवेदनमा कैयौँ बालबालिकाको अवस्था अत्यन्तै नाजुक बन्दै गएको देखाइएको छ ।
सो प्रतिवेदनका कारण आफू निकै दुःखी भएको महासचिव बानले बताउनुभएको समाचारमा जनाइएको छ ।
ती देशमा जारी रहेको हिंसाका कारण त्यहाँका बालबालिकाको स्वास्थ्य, शिक्षाका साथै अन्य अवस्थामा पनि असर परेको देखाइएको छ ।
त्यसैगरी हिंसामा बालबालिकालाई प्रयोग गर्ने, उनीहरुलाई सेनामा जबर्जस्ती भर्ना गर्ने तथा शोषण गर्ने गरिएका तथ्यहरु पनि बाहिर आएकोले ती देशका सरकारहरुलाई यसप्रति गम्भीर हुन पनि महासचिव बानले आग्रह गरेका छन् ।
सिरियामा हिंसा जारी रहेको बेलामा हजारौँ बालबालिकाको ज्यान गएको छ । त्यसैगरी अन्य देशहरुमा पनि पछिल्ला समयमा यस्तो हिंसाको रुप र सङ्ख्या बढ्दै गएको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अफगानिस्तानमा तालिवान र इराक तथा सिरियमा पछिल्लो समयमा आइएसले बढाएको हिंसात्मक हमलाको रुपले बालबालिकामा ठूलो असर पारेको भन्दै उनीहरुको अवस्थामा परिवर्तन ल्याउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिइएको छ । रासस/एपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share