आइतवार, असार १९, २०७९

बालगृहलाई रु एक लाख सहयोग

२१ कार्तिक २०७३, आईतवार १०:१०

मोरङ, २१ कात्तिक । झापा दमकका युवा एवम् स्थानीय पूर्वसन्देश दैनिक पत्रिकाका प्रबन्धक सुवासचन्द्र भट्टराईले मोरङको उर्लाबारीमा रहेको नमुना बालगृहका अनाथ बालबालिकाका लागि रु एक लाख सहयोग प्रदान गरेका छन् ।

बालगृहमा आयोजित कार्यक्रममा भट्टराईले सो रकम बराबरको चेक बालगृह सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी  मीना बराललाई हस्तान्तरण गरेका हुन् । अनाथ बालबालिकाको लालनपालन गर्दै आएको सो संस्थाले बालबालिकाको दिगो हितका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरेकाले सो कोषमा रकम जम्मा गर्ने गरी भट्टराईले सहयोग गरेका हुन् ।

नेपाल जेसिजको पूर्वराष्ट्रिय कार्यकारिणी उपाध्यक्षसमेत रहेका भट्टराईले तिहारमा दमकमा विभिन्न क्षेत्रका व्यक्तिले सामूहिक रुपमा खेलेको देउसीबाट सङ्कलित सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा सो चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा देउसीभैलोबाट सङ्कलित रु २५ हजार बराबरको सहयोग सामग्री बालगृहलाई प्रदान गरियो । सोही कार्यक्रममा समाजसेवी प्रकाश अधिकारीले नगद पाँच हजार एक सय सो बालगृहलाई प्रदान गरे ।

कार्यक्रममा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ढकालले व्यक्तिगत रुपमा १५ बोरा चामल सहयोग गर्ने प्रतिबद्धता जनाएका  थिए। रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share