बुधबार, मंसिर २२, २०७८

बालकलाई खोलाले बगायो

१६ जेष्ठ २०७३, आईतवार १५:०३

खबरइरा संवाददाता
जाजरकोट, १६ जेठ । खोलाले बगाउँदा जाजरकोटमा आज विहान एक स्कुले बालकको मृत्यु भएको छ । स्थानीय मोर्क खोलाले बगाउँदा जुँगाथापाचौर ९ का १४ वर्षीय वीरेन्द्र महताराको ज्यान गएको प्रहरीले जनाएको छ ।
चन्द्रदीपक माध्यमिक विद्यालय नाहाडामा ८ कक्षामा अध्ययनरत महताराको खोला तर्ने क्रममा बगाउँदा ज्यान गएको स्थानीय खडक विसीले जानकारी दिएका छन् । खोलामा पुल नभएको र एक्लै खोला तर्ने क्रममा बगाउँदा उनको ज्यान गएको हो । २ सय मिटर तल मृत अवस्थामा उनको सव फेला परेको विसीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share