शनिबार, माघ ८, २०७८

बालकको हत्या गर्ने पक्राउ

२८ असार २०७३, मंगलवार ०८:१९

दाङ, २८ असार । सात वर्षीय बालकको हँसिया प्रहार गरी वीभत्स तरिकाले हत्या गरी फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

विजौरी–२ निवासी ७ वर्षीय दीपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी गत शुक्रबार साँझ वीभत्स हत्या भएको थियो ।

दाङ जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले हत्यापछि फरार अभियुक्त दीपककै फुपू २६ वर्षीया गौतमी खत्रीलाई प्रहरीले घोराहीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले लुकिछिपी बस्दै आएकी गौतमी खत्रीलाई घोराहीबाट पक्राउ गरेको हो । पक्राउ परेकी अभियुक्तसँग हत्याको बारेमा सोधपुछ सुरु गरिने प्रहरीले बताएको छ ।

दीपकका अभिभावकसहित परिवारका सबै सदस्य खेतमा रोपाइँ गर्न गएको समयमा नजिकै घर भएकी फूपु आएर दीपकको टाउको, घाँटी र पेटमा हँसिया प्रहार गरी हत्या गरेको एसपी सिंहले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share