बुधबार, कार्तिक १०, २०७८

बालकको उपचारका लागि विदेशमा बस्ने नेपालीको सहयोग

२६ भाद्र २०७३, आईतवार १६:५२

डोल्पा, २६ भदौ । खर्च अभावमा उपचार हुन नसकेको दलित बालकको उपचारका लागि विदेशमा बस्ने नेपालीले सहयोग गरेका छन् ।

त्रिपुराकोट–३ रल्लीका नर नेपालीको भाँचिएको हातको उपचारका लागि झापा दमक घर भई नेपालमा बस्ने सुष्मा लिम्बू र शशी लिम्बू, नवलपरासी त्रिवेणी घर भई कुवेत रहनुहुने अच्युत श्रेष्ठ र बाग्लुङ घर भई हाल लन्डनमा बस्नुहुने कृष्णप्रसाद शर्माले संयुक्त रुपमा ४० हजार सहयोग गरेका हुन्  ।

शर्माले विदेशमा रहेर पनि नेपालका विपन्न व्यक्तिलाई आफ्नो संयोजकत्वमा खर्च जुटाई आर्थिक सहयोग गर्दै आएका छन् । उनले खर्च अभावमा शिक्षा, स्वास्थ्य लगायतका सुविधाबाट वञ्चित बालबालिकालाई आर्थिक सहयोग गर्दै आएका छन् । आर्थिक सहयोग जुटेपछि नेपालीको उपचार भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share