शनिबार, माघ ८, २०७८

बाढीले सात पसल बगायो, १५ जोखिममा

१ श्रावण २०७३, शनिबार ०८:११

बैतडी, १ साउन । बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बेलुका एक्कासि बाढी पस्दा सात पसल बगाएको छ ।

बजार नजिकै रहेको बाउली खोलामा आएको बाढीले सात वटा पसल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले भने  “बाढीले स्थानीय रामचन्द्र सिंहसँगै अन्य छ जनाको पसल बगाएको छ ।”

बगेका पसलमा किराना, तरकारी र फलफूल रहेको प्रहरीले बताएको छ ।  अझै १५ पसल बाढीको उच्च जोखिममा रहेका प्रहरी नायब उपरीक्षक चन्दले उल्लेख गरे ।

तीस वटाभन्दा बढी गाविसलाई जोड्ने मुख्य झोलुङ्गे पुल बगाउँदा सदरमुकाम गाउँको सम्बन्ध टुटेको छ । बाढीले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

शुक्रबार बिहानदेखि परेको पानीका कारण बेलुकी आएको बाढी बजार क्षेत्रमा पसेको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share