शुक्रबार, असार १७, २०७९

बाढीपहिरो पीडितलाई दुई लाख १५ हजार सहयोग

२१ कार्तिक २०७३, आईतवार १०:४४

म्याग्दी, २१ कात्तिक । म्याग्दीको बेग र देवीस्थानका बाढीपहिरो पीडितलाई म्याग्दी समाज (न्युयोर्क) अमेरिकाले आर्थिक सहयोग गरेको छ ।

म्याग्दीका बाढीपहिरो पीडितलाई लक्षित गरी सङ्कलन गरिएको दुई लाख १५ हजार सात सय पाँच रुपैयाँमध्ये बेगखोलालाई एक लाख ८५ हजार सात सय पाँच र देवीस्थान गाविसको घरथोकका दुई परिवारलाई प्रतिपरिवार १५ हजारको दरले ३० हजार उपलब्ध गराइएको थियो ।

समाजका अध्यक्ष भवीन्द्र पुर्जा मगर र सचिव याम पुनले बेगखोला बाढी व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जाली र देवीस्थानका तर्फबाट मङ्गलाघाटका समाजसेवी सूर्यलाल पुर्जालाई रकम हतान्तरण गरे ।

प्रवासीको सात लाखको लगानीमा सडक मर्मत
यसैगरी कुहूँ–८ थाइवाङको विकासमा प्रवासमा रहेका थाइवाङबासी एकजुट भएका छन् । विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मतसम्भार तथा स्तरोन्नति गरेका छन् ।

थाइवाङसम्म जोड्ने कुहूँ–पञ्चासे खोला जोखिमपूर्ण सडकलाई ब्रेकरको प्रयोग गरेर सडक विस्तार तथा मर्मत गरिएको थाइवाङका स्थानीय बलिभद्र गौतमले जानकारी दिए । “प्रवासमा रहेका थाइवाङवासीको सक्रियतामा सडक मर्मत भएको छ । अब सहजै गाउँसम्म सानाठूला सवारीसाधन चल्छन्”, गौतमले भने  । बेनी–दरवाङ सडकखण्डअन्तर्गत सिमलचौर र पुलाचौर–डडुवा कुहूँ हँुदै गाउँसम्म पुग्ने पुरानो सडक भए पनि भिरालो र जोखिमपूर्ण भएकाले गाउँसम्म सहज सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । गाउँ नजिकै सवारीसाधन राखेर जानुपर्ने अवस्थामा सडक स्तरान्नति भएपछि ट्याक्सीसमेत गाउँमै पुग्छन् ।

जिल्लाकै धार्मिकस्थलका रूपमा परिचित मालिकाधुरीमा पुग्ने सबैभन्दा छोटो रुट थाइवाङ हुँुदै पर्छ । थाइवाङ गाउँ विकास अभियानमार्फत शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा आर्थिक अवस्था कमजोर भएकाको उपचारलगायत गाउँमा आवश्यक पर्ने सबै क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share