शनिबार, माघ ८, २०७८

‘बाढीपहिरो गएपछि मान्मा सदरमुकाम सिमकोटमा’

२४ असार २०७३, शुक्रबार १३:१८

हुम्ला, २४ असार । यही असार १२ गतेदेखि १५ गतेसम्म परेको अबिरल वर्षासँगै आएको बाढीले बराइँ गाविस अन्तर्गत वडा नं ७, ८ र ९ मा ५० रोपनीको जग्गामा लगाइएको अन्नबालीमा क्षति पु¥याएको छ ।

बाढीले रत्नबहादुर शाहीसमेत २१ परिवारको धान, कोदो चिनु, मकै र सिमीलगायतका बालीहरू बगाएको थियो ।

बाढीले आधुनिक घट्ट आठवटा, खानेपानीको ट्याङ्की चारवटा, ४० वटा गाईभैँसीसमेत बगाएको छ । सिँचाइको पानी ट्याङ्की पाइपमा समेत क्षति पु¥याएको छ ।

खानेपानीको अभावले गर्दा गाउँलेहरु दुई घन्टा टाढा खोलाको पानी खान बाध्य भएको जङ्गबहादुर शाहीले बताए ।

पत्रकारीताको अभिमुखीकरण तालिम सम्पन्न

नेपाल पत्रकार महासङ्को आयोजनामा छापा, अनलाइन तथा विद्युतीय पत्रकारितासम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

पत्रकार महसङ्घका केन्द्रीय सदस्य नवराज महताराले खोजमूलक पत्रकारिता लेखनको खाँचो औँल्याए ।

तालिमका सहभागीलाई प्रमाणपत्र गर्दै प्रमुख जिल्ला अधिकारी कष्णा घिमिरे र स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले तालिममा सिकेका कुराहरू व्यवहारमा ल्याउनुपर्नेमा जोड दिए ।

पत्रकार कलेन्द्र सेजुवालले पत्रकारिताको प्रशिक्षण दिएका थिए । तालिममा ४० जना पत्रकारको संलग्नता रहेको थियो ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share