शनिबार, माघ ८, २०७८

बाढीको उच्च जोखिममा मधुमल्लावासी

२२ जेष्ठ २०७३, शनिबार १३:३०

मोरङ, २२ जेठ ।
मोरङको मधुमल्लास्थित बक्राहा खोलामा बलियो तटबन्ध नहुँदा यसवर्ष पनि खोला आसपासका गाउँ बाढीको उच्च जोखिममा परेका छन् । बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले जनधनको क्षति बेहोर्दै आएका छन् । मधुमल्ला–५ स्थित बेतेनीमा बक्राहा खोला बाँध फुटाएर आज बिहान गाउँ पसेको छ । उच्च पहाडी भेगमा भारी वर्षा भएसँगै खोलामा आएको बाढी बिहान ५ बजे बाँध फुटाएर गाउँमा पस्दा सात घर डुबानमा परेका छन् । बाँध फुटाएर खोला बस्तीमा पस्दा धनबहादुर मगर, रवीन दर्जी, रणवीर दर्जी, यज्ञ दर्जी, प्रेम गोले, मानबहादुर गोले र नन्दी गोलेको घर डुबानमा परेको छ ।
खोला गाउँ पसेपछि त्रसित स्थानीयवासिन्दाबीच भागदौडसमेत मच्चिएको थियो । कमजोर तटबन्धका कारण बाँध फुटाएर खोला बस्तीमा पसेको स्थानीयवासी पूर्ण बस्नेतले बताए ।
बाढीले पु¥याएको क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए । खोलाले बगाएर ल्याएको अवस्थामा खोला किनारमा आज अन्दाजी २०÷२१ वर्षीय एक युवकको शवसमेत फेला परेको छ । सोही ठाउँमा गत वर्ष पनि बाँध फुटाएर खोला गाउँ पस्दा चार वर्षका शिशिर थापाको ज्यान गएको थियो भने मधुमल्ला वडा नं ४, ५, ६ र ८ का सयौँ घर डुबानमा परेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share