बुधबार, मंसिर २२, २०७८

बहराइनको अदालतद्वारा प्रतिपक्षी नेतालाई पाँच वर्ष जेल सजाय

१८ जेष्ठ २०७३, मंगलवार ०७:४९

मानामा, १८ जेठ ।

बहराइनको पुनरावेदन अदालतले सोमबार यहाँका प्रतिपक्षी दलका नेता शेखअलि सलमानलाई दिइएको चारवर्षे काराबास सजायमा पाँच वर्ष थप गरी नौ वर्ष पुर्‍याएको छ ।
प्रतिपक्षी दलका नेता तथा अल बेफाक नेसनल इस्लामिक सोसाइटीका महासचिव सलमानलाई अधिकारवादी नेता, कुटनीतिज्ञ र अन्य अधिकारीको उपस्थितिमा कडा सुरक्षाबीच सजाय सुनाइएको थियो ।
शेख अलि सलमानलाई उच्च फौजदारी पुनरावेदन अदालतले नौ वर्षको सजाय सुनाए पनि यसलाई बहराइनको समाजले स्वीकार नगर्ने उनको दलले सुनुवाईपश्चात एक विज्ञप्ति जारी गरी बताएको छ ।
सलमानलाई सन् २०१४ को डिसेम्बर २८ मा पक्राउ गरिएको थियो भने सन् २०१५ मा चार वर्षको काराबास सजाँय तोकिएको थियो ।
यसको संयुक्त राज्य अमेरिका, मानवअधिकारवादी समूहहरुले विरोध गरेका थिए । उनको पक्राउपछि ठूलो समूहले सलमानको रिहाइका लागि प्रदर्शन गरेका थिए । रासस÷सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share