मङ्लबार, कार्तिक ९, २०७८

बस र ट्रक ठोकिँदा १२ घाइते

२५ भाद्र २०७३, शनिबार ०९:१५

चितवन, २५ भदौ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा आज बिहान ७ः१५ बजे बस र ट्रक एकापसमा ठोकिँदा १२ जना घाइते भएका छन् भने ट्रकका चालक च्यापिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट कलैयातर्फ जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक एकापसमा ठोकिँदा दुर्घटना भएको हो ।

ट्रकको अगाडिका दुवै टायर ‘पङ्क्चर’ भएपछि बसमा ठोकिन पुगेको थियो । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३४३ नंको अर्काे ट्रक समेत अघिल्लो ट्रकमा ठोकिएको थियो । दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक र यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । उपरीक्षक कुँवरले ट्रकमा च्यापिएका चालकको उद्धार जारी रहेको बताए । जिल्लामा दैनिकजसो सवारी दुर्घटना हुँदै आएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share