बुधबार, मंसिर २२, २०७८

बसको ठक्करबाट एकको मृत्यु

२३ जेष्ठ २०७३, आईतवार ०७:५५

उर्लाबारी (मोरङ), २३ जेठ । मोरङको वयरवन–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट नेपाली सेनाका प्यूठ पदमा कार्यरत एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख २३५५ नंको बसको ठक्करबाट पैदलयात्री खोटाङ सावाकटारे–१ घर भएका ३२ वर्षीय नइन्द्रबहादुर खड्काको मृत्यु भएको हो । उनी श्रीमेहर दल गण, धनकुटा सल्लेरीमा प्यूठ पदमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

शनिबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका खड्काको उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share