शनिबार, मंसिर १८, २०७८

बलिउडका चर्चित कमेडियनको निधन

२२ जेष्ठ २०७३, शनिबार १२:३४

rajjak-khan-बलिउडका थुप्रै सफल चलचित्रमा आफ्नो कमेडी शैलीले दर्शकलाई हसाँउन सफल कलाकार रज्जाक खानको निधन भएको छ ।

उनलाई ‘कमेडी नाइट्स विथ कपिल’मा ‘गोल्डेन भाई’को नामले बोलाइन्थ्यो । रज्जाक खान कलाकार अजीतका छोरा हुन् । मुम्बइको एक अस्पतालमा उनको निधन भएको थियो । वुधबार दिउँसो साढे १२ बजे उनलाई हृदयघात भएको थियो । उनलाई अस्पताल लगिएको थियो ।

उपचारका क्रममा उनको निधन भएको थियो । रज्जाकका छोरा क्रोयसियामा भएकाले पनि उनको प्रतिक्षा गरिएको  । उनको भोली ४ बजे रज्जाकमा अन्तिम संकार गरिनेछ ।

उनले सन् १९९३ मा ‘रुप कि रानी चोरोनका राजा’ नाम चलचित्रमा अभिनय गरेका थिए । यसपछि उनले दर्जनौ चलचित्रमा अभिनय गरेका छन् । ‘दिल तेरा आशिकी, मोहरा, चाहत, दरार, राजा हिन्दुस्तानी, यसवन्त, वादशाह, सनम, इश्क’ लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् ।

उनले पछिल्लो समय ‘क्या कूल हे हम, सल्लु कि शादी, एक्सन ज्याक्सन, क्या सुपर कुल हे हम’ लगायतमा चलचित्रमा काम गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share