शनिबार, माघ ८, २०७८

बलको हावा फुस्कियो, जाकाको टिसर्ट च्यातियो

६ असार २०७३, सोमबार ०८:०२

Xhaka

स्विट्जरल्याण्डले आयोजक फ्रान्सलाई गोलरहित बराबरीमा रोक्यो र दुबै टिम नकआउट चरणमा प्रवेश गरेका छन् । तर, खेलका क्रममा केही यस्ता दृष्य देखिए, जुन उत्पादनमा भएको त्रुटीसँग सवन्धित छ ।

खेलका क्रममा स्विट्जरल्याण्डका तीन खेलाडीका पुमा टिसर्ट नै च्यातिएको छ । मिडफिल्डर जाकाको टिसर्ट त नराम्ररी च्यातिएको थियो । उपाधिको दाबेदार टोली फ्रान्सलाई गोलसहित बराबरीमा रोक्ने क्रममा मिडफिल्डमा उनको प्रदर्शन तारिफ योग्य थियो ।

पुमा टिसर्ट च्यातिएपछि एडमिर मेहमेदीले पनि खेलका क्रममा जर्सी परिर्वतन गर्नु परेको थियो भने स्वीस टिमका सदस्य इम्बोलोको टिसर्ट पनि च्यातिएको थियो ।

स्विट्जरल्याण्डका खेलाडीहरुको टिसर्ट कागज जस्तै च्यातिएको प्रतित्रिक्रया आएको छ । तर, यो टिसर्ट च्यातिनुमा मात्र सिमित रहेन । खेलको दोस्रो हाफमा एडिडासको बलको हावा नै फुस्किएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share