सोमवार, असार १३, २०७९

बझाङमा दुई पटक भूकम्पको धक्का

१८ असार २०७३, शनिबार ०८:२०

बैतडी, १८ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा शनिबार बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस  गरिएको छ ।

भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो शनिबार बिहान ६ बजेर ८ मिनेटमा ४ दशमलव ४ रिक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको हो ।

दुईवटै भूकम्पको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना भन्ने स्थानमा रहेको समेत भूकम्प मापन केन्द्रका महर्जनले जानकारी दिए ।

त्यही ठाउँमा केन्द्रबिन्दु बनाएर यही असार १५ र १६ गते गरेर २१ पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्प गएपछि स्थानीयवासी घर बाहिर र खुला ठाउँमा जम्मा भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पुर्‍यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षतिबारे सङ्कलन भइरहेका उनले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share