बुधबार, मंसिर २२, २०७८

बजेट अभावमा औषधि खरिद भएन

२९ जेष्ठ २०७३, शनिबार ०९:३२

पाँचथर, २९ जेठ ।

पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको मात्रा कम भएकाले बिरामीले मागअनुसारको औषधि पाउन नसकेका हुन् ।

अहिले प्राप्त औषधि दैनिक उपचारमा आउने १५ जना बिरामीलाई वितरण गरेमा तीन महिना पनि नपुग्ने भएकाले वर्षभरि पु¥याउने गरी बिरामीलाई औषधि प्रदान गर्दै आएको जिल्ला आयुर्वेद औषधालय पाँचथरका प्रमुख मुरलीप्रसाद साहले बताए ।
बिरामीको चाप दोब्बर भए पनि सरकारले औषधि खरिदका लागि बजेट वृद्धि नगर्दा आवश्यकताअनुसार औषधि नपाएको साहको भनाइ छ । निःशुल्क रुपमा आयुर्वेद पद्धतिको उपचार र औषधि पाउने भएपछि ग्यास्टिक, उच्च रक्तचाप र बाथ रोगका बिरामीले आयुर्वेद औषधालयमा उपचार गराउँदै आएका छन् ।
आङ्साराङ्ग, फाक्तेप, मौवा, लुङ्रुपा, चिलिङ्दिन र फिदिम नगरपालिका स्थापना भएका आयुर्वेद केन्द्रले गत आवमा १० हजार ९०० दीर्घरोगीले उपचार गराएका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share