बुधबार, मंसिर २२, २०७८

बजेटले महँगी बढायो : वरिष्ठ नेता पौडेल

३० जेष्ठ २०७३, आईतवार ०८:११

दमौली, ३० जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको बजेटले महँगी बढाएकाले सर्वसाधारणको ढाड भाँच्चिने अवस्था आएको बताएका छन् ।

तनहुँको क्यामिन गाविसको नवनिर्मित भवनको शनिबार उद्घाटनका अवसरमा काँग्रेस नेता पौडेलले वर्तमान सरकारले सत्तारुढ पार्टीहरुको हितका लागि मात्रै बजेट ल्याएको भन्दै आपत्तिसमेत प्रकट गरे ।
रु ५० अर्बमा बन्ने १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको छिट्टै बोलपत्र आह्वान गरी निर्माणको काम सुरु गरिने उनले बताए ।
शान्ति मन्त्रालयको नमुना बस्ती कार्यक्रमअन्तर्गत रु ३४ लाख ३४ हजारको लागतमा गाविसको सो भवन निर्माण गरिएको गाविसका सचिव बलराम गैरेले बताए ।
सोही अवसरमा काँग्रेसका वरिष्ठ नेता पौडेलले रु ३० लाख सात हजारको लागतमा निर्माण गरिएको छापथोक तमु आमा समूह भवनको समेत उद्घाटन गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share