बुधबार, मंसिर २२, २०७८

बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको छः सिंह

२९ जेष्ठ २०७३, शनिबार १४:०६

काठमाडौँ, २९ जेठ ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगालगाएका छन् ।
काँग्रेस नागार्जुन कार्यसमितिद्वारा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले बजेटले सस्तो लोकप्रियता कमाउनु बाहेक कार्यान्वयनको कुनै आधार नभएको बताए । नेता सिंहले सरकार कामभन्दा भाषणमा रमाएको आरोप लगाउँदै सरकारलाई जनताप्रति जिम्मेवार हुन आग्रह गरे । उनले पार्टी सङ्गठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन समेत दिए ।

काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारले ल्याएको बजेट प्रचारबाजी मात्र भएको र यो कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे ।काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले मुलुकका हरेक आन्दोलन काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने बताए । कार्यक्रममा काँग्रेसका नेता बद्री पाण्डे, प्रा डा गोविन्द पोखरेल लगायतले प्रशिक्षण दिनेछन् ।

ज्येष्ठ नागरिक सम्मान
वडा नागरिक मञ्च कामपा–२९ ले ८८ वर्ष उमेर पार गरेका १२ सहित २०५ ज्येष्ठ नागरिकलाई शुक्रबार सम्मान गरेको छ । मञ्चले लैनचौरमा आयोजित कार्यक्रममा ७५ वर्ष नाघेका आमाहरका साथै ८० नाघेका बुवाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा सांसद भीमसेनदास प्रधानले दोसल्ला, हर्लिक्स र नगदसहित सम्मान गरे । अठासी वर्ष नाघेका १२ जनालाई कामपाले रु १० हजारका दरले सम्माPrakash-Man-Singhन गरेको थियो ।
वडा नागरिक मञ्चका अध्यक्ष ख्यामराज तिवारीले वृद्धवृद्धा राष्ट्रका गहना भएकाले उनहरुले देखाएको बाटालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share