शनिबार, मंसिर १८, २०७८

बजेटमाथिको सैद्धान्तिक छलफल सकिदै

२१ जेष्ठ २०७३, शुक्रबार ०९:५२

काठमाडौं, २१ जेठ । व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिदैछ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले, दलका शीर्ष नेताहरुले धारणा राख्ने भएका छन् । सांसदहरुको बोल्ने क्रम सकिएपछि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेटमाथि उठेका जिज्ञासाको जवाफ दिनेछन् ।
बजेटमाथिको छलफल हिजै सक्ने तयारी भए पनि धारणा राख्न चाहने सांसदको संख्या बढेकाले आजसम्म लम्व्याइएको हो । बजेटमाथिको छलफलमा हिजो ६१ सांसदले धारणा राखेका थिए । पहिलो दिन २६ र दोस्रो दिन ६२ जनाले धारणा राखेका थिए ।
बजेटका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा सत्तारुढ दल माओवादी केन्द्रले टिप्पणी प्रस्तुत गरेका छन् । काँग्रेसका सांसदहरुले बजेटको आकार भद्धा भएको र खर्च हुनै नसक्ने गरी बजेट आएको टिप्पणी गरेका छन् भने माओवादीका सांसदहरुले एमालेले आफूहरुलाई बेवास्ता गरी बजेट ल्याएको भन्दै तिखो आलोचना गरेका छन् । सरकारले आर्थिक बृद्धिदर ६ दशमलब ५ प्रतिशत पुर्‍याउने लक्ष्यसहित गएको गत शनिबार १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाा बजेट प्रस्तुत गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share