शनिबार, मंसिर १८, २०७८

बजेटपछि काँध फेर्ने सहमति भएकै हो : खनाल

१८ जेष्ठ २०७३, मंगलवार ०७:११

काठमाडौ १८ जेठ -पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको पुष्टि गरेका छन् । धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ ।
एमाले र माओवादीबीच २३ वैशाखमा बालुवाटारमा भएको भद्रसहमतिको विस्तृत समाचार सोमबार नयाँ पत्रिकाले छापेको थियो । सोमबार नै बिबिसी नेपाली सेवालाई प्रतिक्रिया दिदै खनालले बजेटपछि सरकारको काँध फेर्ने सहमति भएको प्रस्ट पारेका हुन् ।
‘सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो’ खनालले बिबिसीलाई भनेका छन् । बहुमतीय सरकारका लागि कि सहमतीय सकारका लागि भन्ने प्रश्नमा खनालले भनेका छन्, ‘पहिले काँध फेरेपछि सहमति गर्दै जाने कुरा भएको हो ।’
बिबिसीले कृषिमन्त्री हरिबोल गजुरेलसँग पनि टिप्पणी लिएको थियो । ‘अहिले तुरुन्त सरकार परिवर्तन गर्दा राम्रो हुन्न, बजेटपछि प्रचण्डजीको नेतृत्वमा सरकार बनाउने भन्ने सहमति त्यत्रा नेताहरूका बीचमा भएको हो,’ उनको भनाइ छ । उनका अनुसार प्रधानमन्त्री ओलीले सरकार छाड्दा वामपन्थीलाई नै छाड्ने र अरूलाई नछाड्ने पनि प्रस्ट पारेका थिए । सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको उनको भनाइ छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share